(१) निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सञ्चालन गर्ने सबै निर्वाचनको लागि लागू हुने गरी वा कुनै निर्वाचनको सन्दर्भमा मात्र लागू हुने गरी ऐनको दफा २२ बमोजिम आयोगले निर्वाचन आचार संहिता बनाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको निर्वाचन आचार संहिताको पालना भए नभएको सम्बन्धमा आयोगले अनुगमन तथा जाँचबुझ गर्न वा गराउन सक्नेछ ।
(३)उपनियम (२) बमोजिम अनुगमन तथा जाँचबुझको लागि आयोगले अनुगमनकर्ता तथा अनुगमन टोली खटाउन सक्नेछ ।
(४) कसैले उपनियम (१) बमोजिमको निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा कुनै पनि व्यक्तिले अनुसूची–४ बमोजिम आयोग, निर्वाचन अधिकृत, अनुगमनकर्ता वा अनुगमन टोली समक्ष उजुरी दिन सक्नेछ ।
(५) उपनियम (३) बमोजिम अनुगमन गरी पेश भएको प्रतिवेदन, उपनियम (४) बमोजिम परेका उजुरी वा अन्य कुनै माध्यमबाट कसैले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको पाइएमा आयोगले ऐनको दफा २३ बमोजिम जरिबाना गर्नेछ ।